सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसको प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुला प्रश्नोत्तर

बिहीबार, ०७ फागुन २०८२, १० : २२
बिहीबार, ०७ फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ।
  • कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले प्रतिज्ञापत्रबारे देशविदेशबाट सोधिएका प्रश्नको जवाफ दिनेछन्।
  • यो कार्यक्रम काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि हुनेछ, जसमा नागरिकले सिधै प्रश्न सोध्न सक्नेछन्।

काठमाडौँ । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम गर्दैछ । जनकपुरमा बुधबार प्रतिनिधिसभा निर्वाचनका लागि  सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।

आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएका छन् । 

उनले भनेका छन्, ‘राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ । तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभा गृहमा हुने छौँ । प्रश्नहरूका साथ कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।

प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरुको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ । भिजन टेनभित्र समेटिएको प्रतिज्ञापत्रमा आम नागरिकले आज सभापति थापासँग सिधै प्रश्नहरू राख्न पाउने छन् । 

नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो । 

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सयौँ संचार माध्यमहरुले पनि प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप