बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन सुरक्षार्थ १६ सय सशस्त्र प्रहरीलाई पठाइयो जिल्ला

बिहीबार, ०७ फागुन २०८२, १५ : १३
बिहीबार, ०७ फागुन २०८२

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बलले मुख्यालयमा कार्यरत जनशक्तिलाई जिल्लामा पठाएको छ ।

बिहीबार १६ सयभन्दा धेरै जनशक्तिलाई हलचोकस्थित सशस्त्रको हेड्क्वार्टरबाट जिल्ला परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

फागुन २१ मा हुने निर्वाचनको सुरक्षाका लागि सुरक्षाकर्मीलाई धमाधम विभिन्न जिल्लामा परिचालन गर्न लागिएको छ । केन्द्रबाट खटिएर गएका उनीहरू संवेदनशील र अतिसंवेदनशिल मतदानस्थल भएको ठाउँमा खटिनेछन् ।

नेपाल प्रहरीले पनि काठमाडौँ उपत्यका र हेड्क्वार्टरमा कार्यरत करिब १३ हजार प्रहरी थप मद्दतमा पठाउँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ प्रहरी प्रधान कार्यालयले केन्द्रबाट धमाधम सुरक्षाकर्मी पठाइरहेको छ । फागुन २१ मा १० हजार ९६७ मतदान स्थलबाट मतदान हुँदै छ । 

यो पनि 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप