श्रीलंकाद्वारा जिम्बाब्वेसामु जितका लागि १ सय ७९ रनको लक्ष्य प्रस्तुत
सारांश
- टी-२० विश्वकपमा श्रीलंकाले जिम्बाब्वेलाई १७९ रनको लक्ष्य दियो।
- पाथुम निशांकाले ६२ रन बनाए भने पवन रथनायकेले ४४ रनको योगदान दिए।
- जिम्बाब्वेका ब्लेसिङ मुजरबानी र ग्रेम क्रेमरले २-२ विकेट लिए, दुवै टिम सुपर-८ मा पुगे।
कोलम्बो । टी–२० विश्वकप अन्तर्गत श्रीलंकाले जिम्बाब्वेसामु जितका लागि १ सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलम्बोमा जारी समूह बी को खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको हो ।
टोलीका लागि पाथुम निशांकाले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ४१ बलमा ८ चौका हिर्काए ।
उनले पहिलो विकेटका लागि कुशल परेरासँग मिलेर श्रीलंकालाई आक्रामक सुरुवात दिलाएका थिए । दुवैले ३० बलमा ५४ रन जोडे । १४ बलमा २२ रन जोडेर परेरा आउट भए ।
त्यसपछि पवन रथनायकेले श्रीलंकाको पारी सम्हाल्दा अन्य ब्याटर भने सस्तोमा आउट भए । उनले २५ बलमा ४४ रन जोडे । यसक्रममा उनले ३ चौका र २ ५क्का प्रहार गरे । कुशल मेन्डिसले २० बलमा १४ रन जोडे ।
जिम्बाब्वेका लागि यो विश्वकपमा सफल साबित भएका ब्लेसिङ मुजरबानीले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । ग्रेम क्रेमरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । ब्राड इभान्सले पनि ३ ओभरमा ३५ रन खर्चेर २ विकेट हात पारे । रायल बर्लले १ विकेट लिए ।
प्रतियोगितामा श्रीलंकाले ३ खेलमा जित हासिल गरेको छ। टोलीले आयरल्याण्ड, ओमान र अस्ट्रेलियालाई हराएको छ।
अर्कोतर्फ, जिम्बाब्वेले ओमान र अस्ट्रेलियाविरुद्ध दुई खेल जितेको छ। आयरल्याण्डसँगको एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो।
ग्रुप बी बाट श्रीलंका ६ अङ्क र जिम्बाब्वे ५ अङ्कका साथ सुपर-८ मा पुगिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण