बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

बिहीबार, ०७ फागुन २०८२, २१ : ११
बिहीबार, ०७ फागुन २०८२

काठमाडौँ । आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको लम्किचुहा घर भएर काठमाडौँको डल्लु बस्ने ४७ वर्षीय नरेन्द्र बहादुर विक भनिने नरेन्द्र बहादुर रिजाल रहेका छन् । उनलाई बुधबार काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । विकमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप