सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार'

शुक्रबार, ०८ फागुन २०८२, ०९ : ०७
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • नइ एकेडेमीले १२ जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' दिने निर्णय गरेको छ, जसको राशि जनही ५० हजार रुपियाँ रहेको छ।
  • यो पुरस्कार 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन'को अवसरमा प्रदान गरिनेछ, जुन २०८२ साल चैत २७-२९ गतेसम्म चल्नेछ।
  • नइ एकेडेमीले प्रा.डा. वासुदेव त्रिपाठीको नेतृत्वमा तीन दिने सम्मेलन आयोजना गर्दैछ।

काठमाडौँ । नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने निर्णय गरेको छ । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । 

नइ प्रज्ञा पुरस्कार'बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, प्रा.डा.भरतकुमार भट्टराई, प्रा.डा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।

२०८२ साल चैत २७,२८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा 'नइ प्रज्ञा पुरस्कार' समर्पण गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप