अभिनेत्री नीति शाहले गरिन् विवाह
शुक्रबार, ०८ फागुन २०८२, ११ : २९
सारांश
- अभिनेत्री नीति शाहले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरिन्।
- उनको विवाह समारोह झम्सिखेलस्थित न्यु प्लाजामा सम्पन्न भयो, जसमा परिवार र साथीभाइको उपस्थिति थियो।
- नीति र याञ्चितले वैशाखमा कानुनी विवाह काठमाडौं जिल्ला अदालतमा गरेका थिए।
काठमाडौँ । अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा दुवै तर्फका परिवारका नजिकका आफन्त र साथीभाइ सहभागी छन् ।
राणासँग नीतिले कानुनी विवाह गत वैशाखमा काठमाडौँ जिल्ला अदालतमा गरेकी थिइन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी थिइन् ।
राणा पेसाले एरोस्पेस इन्जिनियर हुन् । नीति र राणा झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेममा रहेका थिए ।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि जितेकी नीतिले ‘खजुरे ब्रो’बाट फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘ज्वाइँ साब’, ‘नरसिंहा अवतार’लगायत फिल्म अभिनय गरेकी छन् ।
नीति र याञ्चितको रिसेप्सन पार्टी शनिबार राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण