सुकुम्बासी व्यवस्थापनदेखि चक्रपथ निर्माणसम्म शेखर कोइरालाको प्रतिबद्धता
विराटनगर । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार शेखर कोइरालाले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन र विराटनगरको भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। विराटनगर वडा नं. ६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले सुकुम्बासी बस्तीका समस्या समाधानका लागि आफूले ठोस पहल गर्ने र यसलाई प्राथमिकतामा राखेको स्पष्ट पारेका हुन् ।
उनले सुकुम्बासी आयोगका सदस्यहरूसँग प्रारम्भिक छलफल भइसकेको जानकारी दिँदै छिट्टै आयोगका प्रतिनिधिहरू बस्तीमै आएर स्थानीयका पिरमर्का सुन्ने वातावरण मिलाउने आश्वासन दिए। कोइरालाले सुकुम्बासीहरूलाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिन आवश्यक प्रक्रिया अघि बढाउने दाबी गरे।
‘म तपाईँहरूको पीडा र समस्या नजिकबाट बुझेको छु, अब आयोगका सदस्यहरू यहाँ आएर तपाईँहरूको समस्या सुन्नुहुन्छ र व्यवस्थापनको कामले गति लिन्छ,’ उनले भने। उनले अर्को महत्त्वपूर्ण योजनाका रूपमा विराटनगर चक्रपथ (रिङरोड) निर्माणलाई अघि सारेका छन्। चक्रपथ निर्माण नहुँदा सहरको विकासले सोचेजस्तो गति लिन नसकेको उनको ठहर छ। यदि समयमै चक्रपथ बनेको भए वडा नं. ४ र ६ को स्वरूप नै परिवर्तन भई व्यापार र पूर्वाधारमा ठूलो क्रान्ति आउने कोइरालाको भनाइ थियो।
वडा नं. ६ भित्रका अलपत्र सडकका विषयमा बोल्दै कोइरालाले ठेक्का लागेर पनि ठेकेदार फरार भएका कारण काम रोकिएको खुलासा गरे। उनले निर्वाचन लगत्तै उक्त सडक निर्माणलाई पुनः अघि बढाउन पहल गर्ने र अब उप्रान्त विकास निर्माणमा यस्तो ढिलासुस्ती हुन नदिने प्रतिवद्धता जनाए।
यसका साथै स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्याउन सुकुम्बासी बस्ती नजिकै अस्पताल स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। दुई वर्षअघि नै जग्गा छुट्याइएको उक्त अस्पताल निर्माण कार्यलाई अब कार्यान्वयनको चरणमा लैजाने उनको योजना छ।
कोइरालाले विराटनगरको मुहार फेर्न र अधुरा योजना पूरा गर्न कांग्रेसलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण