मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा गर्ने भनिएको रास्वपा चुनावी सभा स्थगन

शुक्रबार, ०८ फागुन २०८२, १२ : ५५
शुक्रबार, ०८ फागुन २०८२

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आइतबार पोखरामा गर्ने भनिएको परिवर्तन उद्घोष कार्यक्रम स्थगन  भएको छ । 

'प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा यही मिति २०८२ फागुन १० गते कास्कीको पोखरामा परिवर्तन उद्घोष सभा गर्ने भनिएकोमा सङ्गठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको ब्यहोरा जानकारी गराउँदछु', उपसभापति डोल प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसअघि शनिबार भैरहवामा गर्ने भनिएको कार्यक्रम पनि स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप