मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री

शुक्रबार, ०८ फागुन २०८२, १४ : ४४
शुक्रबार, ०८ फागुन २०८२

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु खेप्न परेपनि निरन्तरको संवाद र दलहरुसँगको सहकार्यपछि मुलुकमा निर्वाचन हुने बाटो बनेको बताए ।

यो सरकार बनेको ५–६ हप्तासम्म निर्वाचन नहुने हो कि भन्ने आशंका आम मानिससँगै राजनीति वृत्तमा रहेपनि अहिले हटेर गएको उनको भनाइ छ ।  मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटमा आएका विषयवस्तुलाई कार्यान्वयनमा नलगेको पनि प्रष्ट पारे ।

अर्थमन्त्री खनालले दिगो पर्यटन विकास गर्न जरुरी रहेको बताए । खनालकाअनुसार भ्रष्टाचार न्युनिकरण र सुशासन कायम गर्ने जिम्मेबारी यो सरकारलाई भएकोमा कतिपय कुरामा सफलता प्राप्त भएको समेत बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप