शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, रास्वपाले माफी माग्नुपर्ने

शुक्रबार, ०८ फागुन २०८२, १६ : ०५
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • रास्वपाका कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको सालिकमाथि उभिएर अपमानपूर्ण व्यवहार गरेपछि राप्रपाले आपत्ति जनाएको छ।
  • राप्रपा लुम्बिनी प्रदेशले विज्ञप्ति जारी गर्दै उक्त कार्यको भर्त्सना गर्दै रास्वपालाई माफी माग्न आग्रह गरेको छ।
  • राप्रपाले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कार्य नगर्न आग्रह गरेको छ।

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शुक्रबार प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भर्त्सना एव खेद प्रकट गरेको हो । कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापूर्ण व्यवहार सह्य नहुने भन्दै चेतावनी समेत दिइएको छ । 

उक्त गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न राप्रपाले आग्रह समेत गरेको छ ।  यस्ता घटना फेरी नदोहोरिने प्रतिबद्धता गर्न समेत राप्रपाले भनेको छ । 'निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै जिम्मेवार पार्टीको दायित्व हुन्छ । तसर्थ स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरूलाई समेत आग्रह गर्दछौँ,'प्रदेश सचिव अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

बिहीबार रास्वपा सभापति रवि लामिछाने दाङ आउने क्रममा तुलसीपुर उपमहानगरपालिकाको वीरेन्द्र चोकमा रास्वपाका कार्यकर्ताहरूले पूर्वराजा वीरेन्द्रको सालिकमाथि उभिएर अभद्र व्यवहार गरेको बताएको छ । 

635165575_1577045597319152_7583289177008554947_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप