तत्कालीन नासु गुप्ताको भ्रष्टाचार मुद्दा 'हेर्न नमिल्ने' सूचीमा
सारांश
- बारा मालपोतका नासु मदन कुमार गुप्ताको मुद्दा सुनुवाइ गर्न नमिल्ने सूचीमा राखियो।
- गुप्तालाई भ्रष्टाचार मुद्दामा ५ वर्ष कैद सजाय सुनाइएको थियो, उनी हाल कारागारमा छन्।
- अख्तियारले गुप्ताविरुद्ध २८ लाख बुझ्दा १९ करोड सम्पत्ति कमाएको आरोप लगाएको थियो।
काठमाडौँ । बाराका मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा(नासु) मदन कुमार गुप्ताको मुद्दा 'हेर्न नमिल्ने' सूचीमा राखिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।
६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नायव सुब्बा(नासु) मदन कुमार गुप्ता हाल कारागारमा छन् । गुप्ताले तीन दशकमा २८ लाख रुपैयाँ बुझ्दा १९ करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वटा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । २०७६ साल जेठमा भ्रष्टाचार मुद्दा लाग्ने बेलामा गुप्ता सरकारी सेवामा लागेको २९ वर्ष पुगिसकेको थियो ।
सात वटा भ्रष्टाचार मुद्दामा गुप्ता ६ वटा भ्रष्टाचारमा दोषी ठहर भए भने एउटा भ्रष्टाचार मुद्दामा मात्रै सफाइ पाएका थिए ।अख्तियारले लगाएको सात वटा अभियोगपत्र अनुसार गुप्ताले मालपोतमा रहँदा सरकारी राजस्व हिनामिना गरेको भेटिन्छ । मालपोत र बैकको नक्कली रसिद प्याड बनाएर उनले राजस्व हिनामिना गरेको भेटेपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो ।
विभिन्न मालपोत कार्यालयमा बसेर भ्रष्टाचार गरेको आरोपमा उनीमाथि पाँच वटा राजस्व हिनामिनाको, एउटा सरकारी कागजात नष्ट गरेको अभियोग लाग्यो । पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनी विरुद्ध पाँचाैँ मुद्दा चल्यो ।
सबै मुद्दा चलेपछि उनले राजस्व चुहावट गरेको थप दुई घटना भेटिए । उनी विरुद्धको छैटौँ र सातौँ मुद्दा राजस्व चुहावट सम्बन्धी हो । एउटा मुद्दामा सफाइ पाएका उनी अरू सबै अभियोगमा दोषी ठहर भएका थिए ।
विशेष अदालतका तत्कालीन अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गुप्तालाई भ्रष्टाचार मुद्दामा ५ वर्ष कैद सजाय सुनाएपछि हाल उनी कारागारमा छन् ।
अदालत राजस्व हिनामिनाको मुद्दामा मदन कुमार गुप्तासहित अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको थियो । मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण