भारत र चीनसँग ठुलो व्यापार असन्तुलन
सारांश
- नेपालको आयातमा भारतको एकलौटी वर्चस्व छ, कुल आयातको आधाभन्दा बढी भारतबाट हुन्छ।
- चीन दोस्रो ठूलो आयात साझेदार हो, तर चीनसँगको व्यापार असन्तुलन ठूलो छ।
- भारत निर्यातको प्रमुख बजार हो, तर भारतसँगको व्यापार घाटा उच्च छ।
काठमाडौँ । नेपालको आयात व्यापारमा छिमेकी मुलुक भारतको एकलौटी वर्चस्व देखिएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को माघ सम्ममा नेपालले भारतबाट मात्रै ६ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ भन्दा बढीको सामान आयात गरेको छ । यो कुल आयातको आधाभन्दा बढी हिस्सा हो ।
भारतपछि चीन नेपालको दोस्रो ठुलो आयात साझेदारको रूपमा रहेको छ, जहाँबाट २ खर्ब ३५ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिएको छ। यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) बाट ४१ अर्ब २ करोड, संयुक्त राज्य अमेरिकाबाट १७ अर्ब ४४ करोड र इन्डोनेसियाबाट १२ अर्ब ८३ करोड रुपैयाँको आयात भएको देखिन्छ।
नेपालले धेरै आयात गर्ने प्रमुख १० देशहरूको सूचीमा थाइल्याण्ड, अस्ट्रेलिया, मलेसिया, युक्रेन र हङकङ समेत रहेका छन्। यी देशहरूबाट हुने आयातको तुलनामा निर्यातको हिस्सा अत्यन्तै न्यून देखिन्छ ।
आयातको तथ्याङ्क प्रमुख १० देश

निर्याततर्फको अवस्था हेर्दा नेपालको सबैभन्दा ठुलो बजार पनि भारत नै रहेको छ । सात महिनामा नेपालले भारततर्फ १ खर्ब ३७ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यद्यपि, भारतसँगको व्यापार घाटा मात्रै ४ खर्ब ९१ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।
निर्याततर्फ दोस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकामा ११ अर्ब २७ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। यसैगरी, युरोपेली मुलुकहरू जर्मनी र संयुक्त अधिराज्य (यूके) क्रमशः तेस्रो र चौथो ठुलो निर्यात गन्तव्य बनेका छन्, जहाँ २ अर्ब ८९ करोड र १ अर्ब ७९ करोड रुपैयाँ बराबरको नेपाली उत्पादन पुगेका छन्।
जापान, फ्रान्स, युएई, अस्ट्रेलिया, चीन र इटाली पनि नेपालले धेरै निर्यात गर्ने प्रमुख १० मुलुकको सूचीमा समावेश छन् ।
चीनसँग पनि ठुलो व्यापार असन्तुलन
तथ्याङ्कको विश्लेषण गर्दा नेपालले चीनसँगको व्यापारमा सबैभन्दा ठुलो असन्तुलन खेपिरहेको देखिन्छ । चीनबाट २ खर्ब ३५ अर्बभन्दा बढीको आयात हुँदा त्यसतर्फको निर्यात भने मात्र ९० करोड रुपैयाँमा खुम्चिएको छ । यसैगरी, युएई र अस्ट्रेलिया जस्ता मुलुकहरूसँग पनि नेपालको व्यापार घाटा निकै उच्च रहेको छ । प्रमुख १० निर्यात गन्तव्यहरूमा भारत र अमेरिका बाहेक अन्य देशमा हुने निर्यात अर्बको अङ्कमा निकै कम देखिएको छ । समग्रमा आयातको तुलनामा निर्यातको वृद्धिदर अत्यन्तै सुस्त रहनु र केही सीमित देशहरूमा मात्र व्यापार केन्द्रित हुनुले नेपालको अर्थतन्त्रमा बढ्दो व्यापार घाटाको जोखिमलाई थप प्रस्ट्याएको छ ।
निर्यातको तथ्याङ्क प्रमुख १० देश

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण