‘होटल, उद्योगमा भएको लगानीको सुरक्षा राज्यले गर्नुपर्छ’
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले होटल, उद्योगमा भएको लगानीको सुरक्षण राज्यले गर्नुपर्ने बताएका छन् । उनले होटलमा धेरै लगानी भएको बताउँदै अहिलेसम्म त्यस्तो लगानीको सुरक्षण राज्यले गर्न नसकेको बताए ।
शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा ढकालले भैरहवामा अन्तर्राष्ट्रिय क्षेत्रिय एयरर्पोट बन्ने भएपछि धेरै होटल बनेको तर चल्न अहिले धौधौ परिरहेको बताए । ढकालकाअनुसार सरकारले राम्रोसँग एयरपोर्ट नचलाइदिँदा त्यहाँका होटलहरु समेत धराशायी बनिरहेका छन् ।
सम्भावना भएका क्षेत्रमा सरकारले योजना बनाएर काम गनुर्पछ । पर्यटनलाई अघि बढाउन हबाइ उडानहरु बढाउनुपर्छ । हबाइ उडान बढाएर भैरहवा, पोखरालाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उनको भनाइ छ ।
लगानी बोर्डका पूर्व कार्यकारी अधिकृत सुशील भट्टले आधारभूत पूर्वाधारको पर्याप्तता भएका क्षेत्रहरुमा पर्यटन प्रवर्द्धन सम्भव रहेको बताए । उनकाअनुसार पर्यटक बढाउन बोर्डर, एयरपोर्ट, सडकहरु व्यवस्थित हुनुपर्छ । अहिले नेपालको धेरै क्षेत्रमा त्यो पुगिसकेकाले पर्यटन प्रवर्द्धन गर्न सम्भव रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण