बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

शुक्रबार, ०८ फागुन २०८२, १७ : १०
शुक्रबार, ०८ फागुन २०८२

काठमाडौँ । भन्सार छली गरी ल्याइएका मोबाइल,ल्यापटपसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शुक्रबार सर्लाहीका ३४ वर्षिय सञ्जीव खड्कालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए । 

खड्काका अनुसार उनले गत बुधबार बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई मोबाइल,ल्यापटप नेपाल भित्र्याएका थिए । उनकाे साथबाट एउटा  आइफाेन र दुई वटा म्याकबुक बरामद गरिएकाे उनले बताए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टी शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा १३ लाख ८० हजार मूल्य बराबरका मोबाइल,ल्यापटपसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिलवालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप