७ महिनामा १४ अर्बको ईभी आयात
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले करिब १४ अर्बको विद्युतीय सवारी साधन आयात गरेको छ।
- यस अवधिमा चीनबाट सबैभन्दा बढी विद्युतीय गाडी आयात भएको छ, जुन कुल आयातको ७१ प्रतिशतभन्दा बढी हो।
- चीनपछि भारत र थाइल्याण्डबाट पनि उल्लेख्य मात्रामा विद्युतीय सवारी साधन आयात भएको देखिन्छ।
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले विद्युतीय सवारी साधन (ईभी) को आयात करिब १४ अर्बको गरेको छ । भन्सार विभागले सार्वजनिक गरेका तथ्याङ्क अनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा नेपालले विश्वका विभिन्न मुलुकबाट १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय कार, जिप र भ्यान आयात गरेको छ ।
जसबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस सात महिनाको अवधिमा कुल ५,८९४ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।
- चीनको दबदबा
आयातको देशगत तथ्याङ्कलाई विश्लेषण गर्दा उत्तरी छिमेकी मुलुक चीनको दबदबा स्पष्ट रूपमा देखिएको छ । चीनबाट मात्रै यस अवधिमा कुल ४,२०४ युनिट विद्युतीय गाडी आयात भएका छन् । जसको कुल आयात मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
यो कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो । चिनियाँ ब्रान्डका गाडीहरू विभिन्न मूल्य र आधुनिक प्रविधिमा उपलब्ध भएका कारण नेपाली ग्राहकको पहिलो रोजाइमा परेका हुन् । चीनबाट आएका यी गाडीहरूबाट मात्रै सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । जुन ईभी आयातबाट प्राप्त कुल राजस्वको ठुलो हिस्सा हो ।
- दोस्रो भारत, पछ्याउँदै थाइल्याण्ड
चीनपछि भारत नेपाली बजारमा विद्युतीय सवारी निर्यात गर्ने दोस्रो ठुलो मुलुक छ । चालू आर्थिक वर्षको सात महिनामा भारतबाट १,२६३ युनिट विद्युतीय गाडी आयात भएका छन्, जसको कुल मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
त्यस्तै दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डबाट पनि नेपालमा ईभी आयात उल्लेख्य रूपमा भइरहेको छ । थाइल्याण्डबाट यस अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ४०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण