बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सितापाईलाबाट १ हजार किलो सुपारी बरामद, एक जना पक्राउ

शुक्रबार, ०८ फागुन २०८२, १८ : ०३
शुक्रबार, ०८ फागुन २०८२

काठमाडौँ । काठमाडौँको सितापाईलाबाट प्रहरीले १ हजार किलो सुपारी बरामद गरेको छ । बिहीबार प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले सुपारी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए। 

सुपारी लोड भएको बा.प्र.–०२–०२५ च ०३९७ नम्बरको गाडीका चालक धादिङ घर भएका राम शरण बिसुन्केलाई पनि प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय बिसुन्केले ल्याएको सुपारीको बिल बिजक नभेटिएको एसपी भट्टराईले बताए । उनलाई सुपारी सहित प्रहरीले विमानस्थल भन्सार कार्यालयमा पठाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप