मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल
मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल राखिने भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयका एक–एक अस्थायी मतदानस्थल राखिने भएको हो ।
भिमफेदी कारागारमा ७२ पुरुष र तीन महिला गरी ७५ जना कैदीबन्दी मतदाता र जिल्ला प्रशासन कार्यालयको अस्थायी मतदानस्थलमा तीन हजार २३२ मतदाता रहेको प्रमुख ढकालले बताउनुभयो । अस्थायी मतदानस्थलमा मतदान गर्ने मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् ।
कुल दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये १९ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाका विभिन्न छ स्थानीय तहमा रहेका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।
जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको उहाँको भनाइ छ । अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन् । उनका अनुसार बकैयाँ गाउँपालिको पाँचवटा, राक्सिराङ गाउँपालिकाका छवटा, बागमती गाउँपालिकाको पाँचवटा, भीमफेदी गाउँपालिकाको एक, मनहरी गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् ।
मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी तीन लाख १५ हजार ३३४ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण