इरानमा प्रदर्शनका क्रममा ३२ हजारको मृत्यु भएको ट्रम्पको दाबी
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गत जनवरीमा भएको प्रदर्शनका क्रममा ३२ हजार मानिस मारिएको सनसनीपूर्ण दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पहिलो पटक इरानी प्रदर्शनमा भएको हताहतीको यति ठूलो संख्या सार्वजनिक गरेका हुन्।
उनले इरानको वर्तमान अवस्थालाई अत्यन्तै दुःखद भन्दै त्यहाँका जनता आफ्ना नेताहरूभन्दा निकै फरक र शान्तिप्रिय रहेको टिप्पणी गरे। ट्रम्पले इरानले अमेरिकासँग उचित सम्झौता गर्नुपर्नेमा जोड दिँदै त्यहाँ छोटो समयमै हजारौँ नागरिकले ज्यान गुमाउनु परेको बताए।
राष्ट्रपति ट्रम्पले इरानमा हुन लागेको सामूहिक मृत्युदण्डलाई आफ्नो सन्देशले रोकेको दाबी समेत गरे। उनले इरानले ८३७ जनालाई फाँसी दिन लागेको जानकारी पाएपछि आफूले चेतावनीपूर्ण सन्देश पठाएको उल्लेख गरे।
‘मैले उनीहरूलाई सन्देश पठाएँ कि यदि तिमीहरूले एक जनालाई मात्र पनि फाँसी दियौ भने तिमीहरूलाई तत्काल निशाना बनाइनेछ, त्यसपछि उनीहरूले फाँसी रोके,’ ट्रम्पले पत्रकारहरूसँग भने।
इरानमाथि हुन सक्ने सम्भावित आक्रमणका सम्बन्धमा सोधिएको प्रश्नमा ट्रम्पले आफू ‘सीमित सैन्य हमला’ को विचारमा रहेको खुलाएका छन्। उनले पूर्ण स्तरको युद्धभन्दा पनि इरानलाई दबाबमा राख्न विशिष्ट सैन्य कारबाहीको विकल्प खुल्ला राखेको संकेत दिए।
इरानले भने ट्रम्पको यो दाबी र संख्याको बारेमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पछिल्लो समय अमेरिकाले इरानमाथि विभिन्न प्रतिबन्धहरू लगाउँदै आएको छ भने दुई देशबिचको सम्बन्ध दशकौँदेखि चिसिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कठिन भूगोल छिचोल्दै पदमार्ग निर्माण
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण