सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कर्फ्युका कारण आज रौतहट जिल्ला अदालतको सेवा स्थगित

आइतबार, १० फागुन २०८२, ११ : ४२
आइतबार, १० फागुन २०८२

रौतहट । रौतहट जिल्ला अदालतले आज प्रदान गर्ने सम्पूर्ण सेवा स्थगित गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट गौरको हिजो ९ गतेको निर्णयअनुसार अर्को आदेश नआएसम्म गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। कर्फ्युका कारण व्यक्ति आवत–जावत, भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

शाखा अधिकृत तिलकुमारी ढकालले एक सूचना जारी गर्दै उक्त परिस्थितिलाई मध्यनजर गर्दै रौतहट जिल्ला अदालतले आजका लागि प्रदान गरिने सबै सेवाहरू स्थगित गरिएको बताएकी छन्। 
अदालत प्रशासन शाखाका अनुसार सुरक्षा अवस्था सहज नहुँदासम्म सेवा सञ्चालन हुन नसक्ने भएकाले सम्बन्धित सबैलाई जानकारी गराइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप