इंग्ल्याण्डद्वारा श्रीलंकासामु जितका लागि १ सय ४७ रनको लक्ष्य
सारांश
- इंग्ल्याण्डले टी-२० विश्वकपको सुपर ८ मा श्रीलंकालाई १४७ रनको लक्ष्य दिएको छ।
- इंग्ल्याण्डका ओपनर फिल साल्टले ६२ रनको अर्धशतकीय पारी खेले।
- श्रीलंकाका दुनिथ वेलालेगेले ३ विकेट लिए भने दिल्शान मधुशंका र महिष थिकसानाले २-२ विकेट लिए।
काठमाडाैँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को दोस्रो खेलमा इंग्ल्याण्डले श्रीलंकासामु जितका लागि १ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्यान्डीको पालेकेले स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको हो ।
टोलीका लागि ओपनर फिल साल्टले सानदार अर्धशतकीय पारी खेले । उनले मात्र ४० बलमा ६ चौका र २ छक्काको मद्दतले ६२ रन जोडे । विल ज्याक्सले १४ बलमा २१ रनको योगदान दिए । उनले ४ चौका प्रहार गरे ।
कप्तान ह्यारी ब्रुकले १४ रन तथा साम करनले ११ रन बनाए । जेमी ओभरटनले १० रन जोडे ।
श्रीलंकाका लागि दुनिथ वेलालेगेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट हात पारे । दिल्शान मधुशंका र महिष थिकसानाले २(२ विकेट लिए । दुस्मन्था चमिराको नाममा १ विकेट रह्यो ।
समूह चरणमा दुवै टोलीले ३–३ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका थिए । श्रीलंकाले आयरल्यान्ड, ओमान र अस्ट्रेलियालाई हराएको थियो भने इंग्ल्याण्डले नेपाल, स्कटल्यान्ड र इटालीलाई पराजित गरेको थियो। एउटा खेलमा श्रीलंका जिम्बाब्वेसँग पराजित भयो भने इंग्ल्याण्डले वेस्टइन्डिजसँग हार बेहोर्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण