पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री र सचिवलाई साधारण तारेखमा छाड्न आदेश
सारांश
- विशेष अदालतले पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका दुई आरोपीलाई साधारण तारेखमा छाड्न आदेश दियो।
- पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्यलाई अदालतले साधारण तारेखमा रिहा गर्यो।
- अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोडको अनियमितता आरोपमा मुद्दा दायर गरेको थियो।
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दाका दुई आरोपी पूर्वमन्त्री र सचिव साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडल, विदुर कोइराला र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधारण तारेखमा राख्न आदेश दिएको हो ।
पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयानपछिको थुनछेकपछि अदालतले दुवै जनालाई साधरण तारेखमा राख्न आदेश दिएको हो ।
पोखरा विमानस्थल निर्माणका क्रममा मिलेमतोमा लागत बढाएर ८ अर्ब ३६ करोड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ मंसिरमा विशेष पाँच पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
जुन मुद्दाका धेरै आरोपीहरूलाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
-
मर्मतपछि सञ्चालनमा आउनासाथ कतारको ग्यास फ्याक्ट्रीमा विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण