धादिङ बस दुर्घटना : गृहमन्त्रीले बोलाए सरोकारावालाहरुको बैठक
सारांश
- गृहमन्त्रीले धादिङ बस दुर्घटनाबारे सरोकारवालाहरूको बैठक बोलाएका छन्।
- बैठकमा राहत, क्षतिपूर्ति र उपचार व्यवस्था लगायतका विषयमा छलफल हुँदैछ।
- दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाबारे छलफल गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले सरोकारवालाहरूको बैठक बोलाएका छन् । यातायात क्षेत्रको नियामक निकाय र सुरक्षा प्रमुखहरूलाई छलफलको लागी बोलाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र गृह मन्त्रालयका सचिव सहभागी छन् । बैठकमा राहत, क्षतिपूर्ति, उपचार व्यवस्था लगायतको विषयमा छलफल हुँदैछ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग.२ ख. १४२१ नम्बरको बस सोमबार बिहान सवा १ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिकबाट त्रिशूलीमा खसेको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई बताए । दुर्घटनामा परेर २५ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण