धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुने तीन जना तनहुँका
तनहुँ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् ।
मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।
यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका–५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका–४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण