धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वाेच्चले गर्याे अस्वीकार
सारांश
- सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई छाड्न अस्वीकार गरेको छ।
- अदालतले बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ।
- निर्वाचन बहिष्कारको प्रचार गरेको आरोपमा बास्तोला पक्राउ परेका थिए, जसका कारण बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो।
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई छाड्न अस्वीकार गरेको छ ।
साेमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै धर्मेनद्र बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश गरेको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि बास्तोलाको हकमा शावित्री कुमारी वलीले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् ।
रिटमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख, जिल्ला प्रहरी परिसर काठमाण्डौ , काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु , जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख , जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुखललाई विपक्षी बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण