वडा वडामा मतदाता शिक्षा
सारांश
- निर्वाचनका लागि मोरङका वडामा मतदाता शिक्षा कार्यक्रम जारी छ।
- कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइँदै छ।
- मतदाता शिक्षाले वृद्धवृद्धा र नयाँ मतदातालाई मतदान प्रक्रिया बुझ्न सहज भएको छ।
मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ । जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा प्रभावकारी रूपमा अघि बढिरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षासँगै मतदातामा चुनावी उत्साह देखिन थालेको छ ।
जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन प्रशिक्षण सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।
निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दङ्गालले बताए । उनका अनुसार जिल्ला सुुरक्षा समितिले वर्गीकरण गरेको अतिसंवेदनशील निर्वाचन केन्द्रमा थप सुुरक्षाकर्मी पठाएर विशेष सुरक्षा व्यवस्था गर्नुका साथै उल्लेख्य रूपमा कर्मचारीको व्यवस्थापन गरिएको छ ।
मोरङको बेलबारी–१० भाउन्नेस्थित शुक्रमाया राई उमेरले ८० वर्ष पूरा भइसकेकी छन् । पटकपटकका निर्वाचनमा मतदान गरे पनि अहिले दिइएको मतदाता शिक्षाले थप सजिलो बनाएको उनले बताइन् । बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्दै छन् । उनले मतदान शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा ढुक्क रहेको उल्लेख गरे । रङ्गेल नगरपालिका–२ का कैलाश ऋषिदेवले पहिलो पटक मतदान गर्न लागेको बताउँदै आफूले मतदान शिक्षा लिइसकेको जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा मतदाता सङ्ख्या सात लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार मोरङमा कूल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो । आयोगका अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा सात लाख ३५ हजार ५३५ मतदाता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण