मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
वर्षा

भक्तपुरमा हल्का वर्षा, तस्बिरहरू

मङ्गलबार, १२ फागुन २०८२, १५ : ०१
मङ्गलबार, १२ फागुन २०८२

काठमाडौँ । भक्तपुरमा मंगलबार दिउँसो हल्का वर्षा भएको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले त्यसको प्रभावस्वरुप वर्षा भएको बताइएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ।  सोहीअनुसार काठमाडौँको मौसम पनि धुम्म छ । 

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको समेत जनाएको छ ।

rain (1)rain (2)rain (3)rain (4)rain (5)rain (6)rain (7)rain (8)rain (9)rain (10)rain (11)rain (12)rain (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप