ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु
मङ्गलबार, १२ फागुन २०८२, १९ : ०९
काठमाडाैँ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ।
मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन्।
जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर सङ्कटकाल घोषणा गरे। आधिकारिक तथ्याङ्कका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु
-
गण्डकीका ९० प्रतिशत एमाले नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा
-
बजेटभित्रको विभेदमाथि कर्णालीका सांसदले गीत र उखान–टुक्कामार्फत यसरी पोखे असन्तुष्टि
-
अङ्गालोमा बेरिएर खुसी साट्दै नवनिर्वाचित पदाधिकारी, तस्बिरहरू
-
नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन
-
न्यायिक समाचार सम्प्रेषणमा थप अध्ययन, सावधानी र जिम्मेवारी आवश्यक: प्रधानन्यायाधीश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण