धनकुटाबाट ‘कार्की साइँला’को छायाङ्कन सुरु
सारांश
- राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने फिल्म 'कार्की साइँला'को छायाङ्कन धनकुटाबाट सुरु भएको छ।
- फिल्ममा जितु नेपाल, प्रियना आचार्य, सुशील पोखरेल लगायतका कलाकारको अभिनय रहनेछ।
- फिल्मको छायाङ्कन धनकुटा, बराहक्षेत्र र चतरामा हुनेछ, रिलिज मिति भने तय भएको छैन।
काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशन रहने फिल्म ‘कार्की साइँला’को छायाङ्कन सुरु भएको छ । निर्माण युनिटले मंगलबार धनकुटाबाट फिल्मको छायाङ्कन थालेको हो ।
फिल्म छायाङ्कनका लागि जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकार सुटिङका लागि सेटमा उपस्थित छन् ।
निर्देशक बस्नेतले एक महिनाको सेड्युलसहित फिल्मको छायाङ्कन थालेको बताए । उनका अनुसार फिल्मको छायाङ्कन धनकुटा, बराहक्षेत्र र चतरामा हुनेछ ।
फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना रहनेछिन् । कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माता रहेका छन् । कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको फिल्मको छायाङ्कन डम्बर राईले गर्दैछन् । द्वन्द्व किरण दाहाल, संगीतमा दिप्सन लिम्बु रहेको फिल्मको रिलिज मिति जुर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण