भ्रष्टाचार र ठगीका ठुला आरोपहरू बोकेका नेताहरू सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थाले : चालिसे
सारांश
- कांग्रेस प्रवक्ता देवराज चालिसेले भ्रष्टाचारको आरोप लागेका नेताहरूले सुशासनको कुरा गरेकोमा आश्चर्य व्यक्त गरे।
- उनले रवि लामिछानेलाई संकेत गर्दै राजनीतिमा क्यामोफ्लाजको प्रयोग भइरहेको र जनता झुक्याउने प्रवृत्ति बढेको बताए।
- चालिसेले नेताहरूले आफ्नो स्वार्थ लुकाएर आकर्षक अनुहार देखाउने गरेको र जनता सचेत हुनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भ्रष्टाचार र ठगीका ठुला आरोपहरू बोकेका नेताहरूले समेत सुशासन, सदाचार र स्वच्छ राजनीतिको भाषण दिन थालेकोमा आश्चर्य व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा प्रवक्ता चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइलाई इङ्कित गर्दै नेपालको राजनीतिमा क्यामोफ्लाजको प्रयोग भइरहेको उल्लेख गरेका छन् । 'यो त दिउँसै रात पार्न खोज्नु जस्तै हो। जनतालाई झुक्याएर आफ्नो स्वार्थ पूरा गर्ने प्रवृत्ति हावी भएको छ । नेपालको राजनीतिमा क्यामोफ्लाजको प्रयोगले जनताको विश्वासमाथि ठुलो खेलबाड भइरहेको छ भने देशको भविष्य अनिश्चितताको अँध्यारोमा धकेलिएको छ,’ चालिसेले लेखेका छन् ।
चालिसेले राजनीतिक दल र नेताहरूले जनतासामु आफ्नो वास्तविक स्वार्थ, उद्देश्य, चरित्र र गतिविधि लुकाएर आकर्षक र राम्रो अनुहार देखाउने चतुर रणनीति अपनाएको बताएका छन्।
‘राजनीतिमा क्यामोफ्लाज भनेको सैनिक क्षेत्रमा प्रयोग हुने छलावरण जस्तै हो। जङ्गलमा हरियो पोसाक लगाएर शत्रुको दृष्टिबाट पूरै लुक्ने। त्यसैगरी राजनीतिमा पनि आफ्नो असली मुहार लुकाएर अर्कै रङ पोत्ने गरिन्छ,’ प्रवक्ता चालिसेले भने, ‘दुर्भाग्यवश, नेपालको पछिल्लो राजनीतिक दृश्यमा केही पार्टी र तिनका केही नेताहरू यस कलामा अत्यन्त निपुण र पोख्त देखिन्छन्।’
चालिसेले झूट बोल्न सजिलो भएको तर झूट पत्याएकाहरूलाई सत्य बुझाउन निकै गाह्रो हुने बताए । जनतालाई बारम्बार झूटो आश्वासन दिँदै, सत्यलाई लुकाएर राखिँदा सत्यको खोजी गर्न जनतालाई झन् गाह्रो हुने उनको तर्क छ ।
‘जब नेताहरूको वास्तविक चरित्र र उद्देश्य जनतासामु आउँदैन, जब उनीहरूले गरेको भ्रष्टाचार र अनियमिततालाई ढाकछोप गरिन्छ, तब देशको विकास कसरी सम्भव छ ? जनताको विश्वासमाथि खेलबाड गरेर कसरी लोकतन्त्र बलियो हुन सक्छ ?,’ उनले प्रश्न गरे।
उनले जनतालाई सचेत रहन र नेताहरूको वास्तविक अनुहार चिन्न आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिइ सडक पेटीबाट हटाइएको भन्दै दृष्टिविहीनहरूको विराेध प्रदर्शन (तस्बिरहरू)
-
अमेरिकी संसदमा पहिलो पटक युद्ध अधिकारसम्बन्धी प्रस्ताव पारित
-
पूर्वमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरणमा किन पक्राउ गरियो ?
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण