बेलायतद्वारा रूसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेज घोषणा
लन्डन । बेलायतले मस्कोको महत्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी–युक्रेनी युद्ध सुरु भए पछिको सबै भन्दा ठूलो तथा नयाँ प्रतिबन्ध प्याकेज घोषणा गरेको छ ।
प्याकेजमा रूसी ऊर्जा राजस्व, विशेष गरी तेल निर्यात, साथै युद्ध प्रयासलाई बढावा दिने सैन्य उपकरणका प्रमुख आपूर्तिकर्ताहरूलाई लक्षित गरी लगभग ३०० नयाँ प्रतिबन्धहरू समावेश छन् ।
बेलायतले रूसको प्रतिबन्ध व्यवस्था – अन्तर्गत अहिले सम्म तीन हजार भन्दा बढी व्यक्ति, संस्था र जहाज माथि प्रतिबन्ध लगाएको पुष्टि गरेको छ ।
प्रतिबन्द बेलायती विदेश सचिव यभेट कुपरको किएभ भ्रमण र युक्रेनको क्षमतालाई बलियो बनाउन डिजाइन गरिएको नयाँ समर्थन प्याकेजको साथ आएको जनाइएको छ ।
नयाँ प्रतिबन्धहरू विशेष गरी पाइपलाइन कम्पनी प्रति लक्षित रहेको जनाइको छ । जुसको माध्यामबाट रूसको तेल निर्यातको ८०% भन्दा बढी ढुवानी हुन्छ । यो कदमले स्वीकृत रूसी कच्चा तेलको बजारीकरण र वितरणलाई थप जटिल बनाउने अपेक्षा गरिएको छ ।
बेलायती सरकारका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अहिले सम्म मस्कोलाई ४५० अर्ब डलर– भन्दा बढीबाट आयबाट वञ्चित गरेको छ, जुन युक्रेनमा रुसको सैन्य कारबाहीको थप दुई वर्षको कोष बराबर भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण