पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ।
- कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
- महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारले बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
-
रास्वपा महाधिवेशनः मतदान भोलि
-
नेपालको सङ्घीय शासन प्रणालीलाई कसरी थप सक्षम, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ?
-
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम
-
बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
-
फुटबल, युद्ध र ऐक्यबद्धता यस विश्वकपमा गाजाबासीहरू किन स्पेनको समर्थन गर्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण