सीके राउतको प्रतिबद्धता-पत्र : जंगलराज अन्त्यदेखि स्पेस युगको सुरुवात गर्ने घोषणा
सारांश
- जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आगामी निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरे।
- उनले सप्तरीमा शान्ति सुरक्षा, विकास र पुराना अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
- डा. राउतले राजविराज बसपार्क, अस्पताल र कृषि विश्वविद्यालय निर्माणलाई प्राथमिकता दिने बताए।
सप्तरी । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। सप्तरी क्षेत्र नं २ बाट उम्मेदवारसमेत रहेका उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
१५ वर्षअघि अमेरिकाबाट सुखसुविधा त्यागेर सप्तरी फर्किएको स्मरण गर्दै, यसपटकको निर्वाचनमा जंगलराजको अन्त्य र विकासको नयाँ युग सुरुवात गर्ने प्रतिबद्धता जनाएका हुन्।
डा राउतले आफ्नो पहिलो प्राथमिकता शान्ति सुव्यवस्था रहेको बताएका छन्। विगतका दशकमा सप्तरीमा देखिएको डर, त्रास, असुली, अपहरण र गुन्डागर्दीको जंगलराज अन्त्य गर्ने उनले उद्घोष गरेका छन्। आगजनी, लुटपाट र झुटा मुद्दा लगाउने प्रवृत्तिको अन्त्य गरी सबै जातजाति र समुदायका लागि अमनचैनको वातावरण बनाउने उनको मुख्य एजेन्डा छ।
विगतको कार्यकाल साढे दुई वर्षमै सकिएकाले धेरै योजना कार्यान्वयनको चरणमा रहेको भन्दै डा। राउतले पुनः निर्वाचित भएपछि अधूरा कामहरू पूरा गर्ने बताएका छन्। उनले राजविराज बसपार्क सञ्चालन, गजेन्द्र नारायण सिंह अस्पतालको नयाँ भवन सञ्चालन, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउने र राजविराज १३ स्थित मधेस कृषि विश्वविद्यालयको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अलपत्र परेको कन्या छात्रावास र कोल्ड स्टोर निर्माणलाई पूर्णता दिने उनको योजना छ।
ग्रामीण महिलाहरूका लागि ग्राम उद्योग भवन मार्फत गाउँमै रोजगारी सिर्जना गरिने, कृषिमा सिँचाइ र मलखादको समस्या समाधान गर्दै किसानको उपजको उचित मूल्य सुनिश्चित गर्ने उनले बताए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण