जलेको निवास हेर्न पहिलो पटक पुगिन् विद्या भण्डारी
बिहीबार, १४ फागुन २०८२, ११ : ४६
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवासको अवलोकन गर्नुभयो।
- भदौ २४ गतेको आन्दोलनमा भण्डारीको निवासमा आगलागी भएको थियो, जसका कारण उहाँलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए।
- त्यसयता उहाँ बालुवाटारस्थित छोरीको निवासमा बस्दै आउनुभएको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन् ।
बिहीबार बिहान बुढानीलकण्ठ–२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेको निवासका संरचनाको अवलोकन गरेकी हुन् ।
भदौ २४ गतेको आन्दोलनमा आन्दोलनकारीले सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए । निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए । त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण