मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासीका रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

बिहीबार, १४ फागुन २०८२, १३ : ४२
बिहीबार, १४ फागुन २०८२

सारांश

  • नवलपरासीका रास्वपा सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरे।
  • प्रतिनिधिसभा निर्वाचनको एक हप्ता अघि उपसभापति विश्वप्रकाश शर्माले उनलाई पार्टीमा स्वागत गरे।
  • ठकुरीले रास्वपा छाडेर कांग्रेस रोजेको बताए।

नवलपरासी । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत गरे । नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् ।

ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप