मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डले भने– अहिलेको निर्वाचनमा कुनै दलको पनि बहुमत आउँदैन

बिहीबार, १४ फागुन २०८२, १६ : ११
बिहीबार, १४ फागुन २०८२

सारांश

  • प्रचण्डले निर्वाचनमा कुनै पनि दलको बहुमत नआउने बताए ।
  • उनले एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने बताए ।
  • प्रचण्डले अतिवादी प्रवृत्तिले निर्वाचन जितेमा देशले दुःख पाउने बताए ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआउने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन प्रणालीका कारण कुनै दलको पनि बहुमत नआउने बताएका हुन् ।

‘अहिले कुनै एक पार्टीको बहुमत आउने सम्भावना देखिएको छैन । निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने देखिँदैन । यस निर्वाचनमा हाम्रा साथीहरू एकताबद्ध भएर सहभागी भएका छन् । देशभर हाम्रो पार्टीको राम्रो माहौल बन्दै गएको छ’, उनले भने, ‘यस निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । अब एक हप्ता मेहनत गरेमा हाम्रो पार्टी राम्रो पोजिसनमा आउने देखिएको छ । नेकपा मात्र त्यस्तो पार्टी हो पार्टीभित्र समस्या देखिएको छैन । हामीले जिते मात्र राष्ट्रियता, गणतन्त्र र संविधान संशोधन सहज हुने देखेका छौँ ।’

प्रचण्डले अतिवादी प्रवृत्तिले निर्वाचन जितेमा देशले दुःख पाउने बताए ।  उनले भने– ‘हामी शान्ति प्रक्रियामा आएपछि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि निर्वाचनमा जस्तो परिणाम आए पनि स्विकार्छौँ भनेका थियौँ । त्यतिबेला राम्रो परिणाम आएको थियो । अहिले हुन लागिएको निर्वाचनमा यही व्यवस्था र संविधानलाई स्विकारेर हुन लागेकाले जस्तोसुकै आए पनि स्विकार्नुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप