विभागद्वारा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति, ४ सय ३५ वटा खोल्न सिफारिस
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको ६ महिनामा १ सय ८८ नयाँ उद्योग स्थापनाको लागि अनुमति दिएको छ । विभागले बिहीवार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिको कार्य प्रगतिअनुसार विभाग तथा विभाग मातहतका प्रदेशस्थित आठ वटा कार्यालयहरूबाट ती उद्योगलाई अनुमतिपत्र जारी गरिएको हो ।
सो अवधिमा विभागले ४ सय ३५ वटा नयाँ उद्योग खोल्नको लागि सिफारिस गरेको छ । विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले ६ महिनामा १ हजार २ सय १८ वटा उद्योगको नविकरण गरिएको जानकारी दिइन् उनकाअनुसार दोस्रो त्रैमासमा मात्र्र ३ सय ३३ वटा उद्योग अनुज्ञापत्र नवीकरण तथा ४२१ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरी ९ सय ४२ वटा उद्योगलाई अनुमतिपत्र जारी/नवीकरण/सिफारिस गरिएको थियो ।
विभागले ६ महिनामा करिव ६ हजार पटक बजार अनुगमन गरेको छ । खाद्य तथा दाना उद्योग, होटल–रेष्टुरेण्ट, राजमार्ग होटल, हाटबजार, विद्यालय–क्याम्पस क्यान्टिन, दुग्ध तथा तेल उद्योग लगायतमा गरी ५ हजार ९ सय ६ पटक अनुगमन गरिएको उनले जानकारी दिइन् । उनका अनुसार दोस्रो त्रैमासिकमा मात्र ३ हजार ३८ पटक निरीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण