खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाइ
काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाइ गरेको छ । विभागले बिहीबार सार्वजानिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक विवरणमा आयात अनुमतिपत्र जारीदेखि विषादी परीक्षणसम्मका गतिविधिमा कडाइ गरिएको उल्लेख छ ।
विभागले चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार ८ सय ७३ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरेको थियो । तर आवश्यक कागजात अधूरा, पूर्ण लेबल विवरण नभएका वा सेवाग्राहीको माग अनुसारका मसला, कच्चा तेल, भिटामिन प्रिमिक्स, चामल, चाउचाउ, तिलको तेल, लिक्विड ग्लुकोज लगायत २२९ वटा कन्साइन्मेन्टको अनुमति खारेज गरिएको विभागका प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन्।
विभागले आयात अनुमति पत्र नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्रदान गर्ने गरेको उनले जानकारी दिइन्। विभागले निर्यात प्रयोजनका लागि प्रयोगशाला परीक्षण र हेल्थ सर्टिफिकेट जारी गरी निर्यातलाई सहज बनाएको छ । विभिन्न खाद्य पदार्थहरू जस्तै छुर्पी, चिउरा, अचार, मसलाजन्य पदार्थ, फ्रेस अदुवा, मह, प्रशोधित वनस्पति तेल, चिया, कफी—विभिन्न देशमा निर्यातका लागि प्रमाणपत्र जारी गरिएको प्रवक्ता डा. शर्माले जानकारी दिइन्।
विभागले आयातित तरकारी र फलफूलमा विषादीको द्रुत परीक्षण (आरविपिआर) लाई पनि कडाईका साथ लागू गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ३४ हजार ८५५ नमूना परीक्षण गर्दा १९ नमुना प्रतिकुल रहेको प्रवक्ता शर्माले जानकारी दिइन्। उनकाअनुसार आन्तरिक बजारमा काठमाडौं उपत्यकाका मुख्य तरकारी–फलफूल बजारबाट १ हजार २५३ नमूना संकलन गरिएकोमा सीतापाइलामा एउटा रायोको सागको नमूना प्रतिकुल पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण