वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको सानदार जित
सारांश
- दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ९ विकेटले पराजित गर्दै टी-२० विश्वकपमा दोस्रो जित हासिल गर्यो।
- वेस्टइन्डिजले १७६ रनको लक्ष्य दिएकोमा दक्षिण अफ्रिकाले १६.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
- एडेन मार्करमको अविजित ८२ रन र रायन रिकेल्टनको ४५ रनको योगदान दक्षिण अफ्रिकाको जितमा महत्वपूर्ण रह्यो।
अहमदाबाद । टी–२० विश्वकपको सुपर–८ अन्तर्गत बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले बलर र ब्याटर दुवैको उत्कृष्ट प्रदर्शनको मद्दतले वेस्ट इन्डिजमाथि सहज जित निकालेको हो।
टस जितेर पहिले बलिङ रोजेको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रनमा रोकेको थियो। वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले अविजित ५२ रन र जेसन होल्डरले ४९ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्। बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए भने कागिसो रबाडा र कर्बिन बोशले समान २–२ विकेट झट्काए।
१७७ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले मात्र १ विकेट गुमाएर १६.१ ओभरमै लक्ष्य पूरा गर्यो। दक्षिण अफ्रिकाको जितमा कप्तान एडेन मार्करमले विष्फोटक ब्याटिङ गर्दै अविजित ८२ रन बनाए। उनलाई रायन रिकेल्टनले ४५ रन बनाउँदै बलियो साथ दिए।
यो जितसँगै दक्षिण अफ्रिकाले सुपर–८ को समूहमा आफ्नो स्थान थप सुरक्षित बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण