शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पछिल्लो १२ घण्टाः विभिन्न २० भन्दा बढी मापनकेन्द्रमा वर्षा

शुक्रबार, १५ फागुन २०८२, ०० : १६
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • पछिल्लो १२ घण्टामा २० भन्दा बढी स्थानमा वर्षा भएको छ।
  • मनाङमा सबैभन्दा बढी वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।
  • भोलि शुक्रबार र पर्सि शनिबार पनि मौसम उस्तै रहने अनुमान छ।

काठमाडौँ । केही दिनदेखि मौसम बदली भएको नेपालमा बिहीबार पनि पछिल्लो १२ घण्टामा २० भन्दा बढी वर्षा मापन केन्द्र पानी परेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौँ, नुवाकोट, चितवन, स्याङ्जा डोटीका केही क्षेत्रमा वर्षा भएको छ । विभिन्न उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । त्यसमध्ये आज मनाङमा सबैभन्दा बढी ३०।४ मिलीमिटर वर्षा भएको छ । अन्य क्षेत्रमा भने १० मिलीमिटरभन्दा कम वर्षा भएको छ । पछिल्लो तीन दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण बदली तथा वर्षा र हिमपात भइरहेको छ ।

पछिल्लो एक घण्टामा भने कास्की, सिन्धुपाल्चोकलगायत एकदुई क्षेत्रमा वर्षा भएको विभागले जनाएको छ । भोलि शुक्रबार र पर्सि शनिबार पनि आजकै झैँ बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमभन्दा पूर्वमा बढी बदली हुने जनाइएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि शुक्रबार तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभामामा साधरणतया बादल लाग्ने छ ।

बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप