कांग्रेस सभापति थापा र उपसभापति शर्मा रुपन्देहीदेखि कास्कीसम्मका तीन चुनावी सभामा सहभागी हुँदै
शुक्रबार, १५ फागुन २०८२, ०९ : २०
सारांश
- नेपाली कांग्रेसले आज बुटवल, बागलुङ र पोखरामा विशेष चुनावी सभा गर्दैछ।
- सभामा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुनेछन्।
- सभामा अन्य दलबाट ठूलो संख्यामा व्यक्तिहरूलाई पार्टी प्रवेश गराइने कार्यक्रम रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले आज तीन ओटा स्थानमा विशेष चुनावी सभाको आयोजना गर्दैछ । उक्त सभामा पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने पार्टीले बताएको छ ।
कांग्रेसले गर्ने रुपन्देहीको बुटवल, बागलुङ र कास्कीको चुनावी सभामा सभापति थापासहितका पदाधिकारीहरू सहभागी हुने बताइएको हो ।
पार्टीका अनुसार बिहान ११ बजे बुटवलमा सभा हुनेछ । दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ ।
त्यहाँ नेताहरूले सम्बोधन गर्नेछन् । ती चुनावी सभामा ठूलो संख्यामा अन्य दलबाट पार्टी प्रवेश गराउनेसमेत कार्यक्रम रहेको छ ।
यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सुर्खेतमा उपसभापति पुष्षा भुषाल गौतम रहेकी थिइन् भने उपसभापति शर्मा हिजो नवलपरासी पश्चिममा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण