मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

कास्कीमा आजदेखि रक्सी पिउन र किनबेच गर्न निषेध

शुक्रबार, १५ फागुन २०८२, १० : ३७
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ।
  • निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ।
  • निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न सहयोगको अपिल गरेको छ।

पोखरा । कास्कीमा आज राति १२ बजेदेखि रक्सी पिउन र बिक्री वितरण गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण, ओसारपसार र सेवन गर्न रोक लगाएको हो ।

आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन यस्तो निर्णय गरेको प्रशासनले जनाएको छ । आजदेखि बन्द भएको कारोबार निर्माणको अन्तिम मतपरिणाम घोषणा नहुँदासम्म कायम राख्न भनिएको छ ।

प्रशासनले निर्वाचन सुरक्षा निर्देशिका तथा निर्वाचन आयोग र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सूचना जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न होटल व्यवसायी, मदिरा व्यवसायी, राजनीतिक दल र सबै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।

सूचनाको बर्खिलाप हुने गरी गतिविधि गरेको पाइएमा सुरक्षा निकायबाट सूक्ष्म निगरानी गरी कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप