मध्यमा परिक्रमाका सहभागीलाई घर फर्कन व्यवस्थापन गरिने
महोत्तरी । मिथिला माध्यमिकी परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्थापन गरिने भएको छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाकाको आवागमन सोमबार (फागुन १८ गते) मध्यरातदेखि बिहीबार (फागुन २१ गते)सम्म बन्द गरिने भए पनि परिक्रमाका भारतीय यात्रीलाई घर फर्कन सहजिकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
परिक्रमामा सहभागी भारतीय यात्रीलाई आउने मङ्गलबार (फागुन १९ गते) मध्याह्नदेखि बुधबार मध्याह्नसम्म घर फर्कन सीमानाकामा खटिएका सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
सीमानाका बन्द गरिने सो अवधिमा यात्रीलाई फर्कन (भारततिर जान) मात्र सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । यसअघि निर्वाचनमा सुरक्षा प्रयोजनले सीमा नाका बन्द गरिएपछि भारतीय यात्री कसरी घर फर्कने भन्ने आम चिन्ता व्यक्त गरिएको थियो ।
“भारतीय यात्रीलाई घर फर्कन धनुषाका जयनगर र जटही तथा महोत्तरीका मटिहानी र भिठ्ठामोर मुख्य नाका हुन्, यी नाका भएर फर्कन सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ”, प्रजिअ यादवले भने, “यसका लागि महोत्तरी र धनुषा दुवै जिल्लाका जिल्ला प्रशासन कार्यालयको समन्वयमा व्यवस्था गरिएको छ ।”
यो १५ दिने परिक्रमाका यात्री अन्तिम दिनको रात्रिबासका लागि सोमबार जनकपुर पुग्नेछन् । मङ्गलबार बिहान जनकपुरधामको अन्तर्गृह (पञ्चकोसी) परिक्रमा गरेपछि यात्रा सम्पन्न हुनेछ । यसरी मङ्गलबार मध्याह्नसम्म परिक्रमा सम्पन्न भएपछि बुधबार मध्याह्नसम्म भारतीय यात्रीलाई घर फर्कन सहजीकरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
परिक्रमा यात्रामा उल्लेख्य सङ्ख्यामा भारतीय साधुसन्त र सर्वसाधारण सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण