एप्स्टिनका अपराधबारे मलाई थाहा थिएनः हिलारी क्लिन्टन
सारांश
- पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले आफूलाई जेफ्री एपस्टिनका अपराधबारे थाहा नभएको बताइन्।
- उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि एपस्टिनसँगको विगत सम्बन्धबारे बयान दिन आग्रह गरिन्।
- क्लिन्टन दम्पती र ट्रम्प तीनै पक्षले एपस्टिन प्रकरणमा कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्।
वासिङ्टन डिसी । अमेरिकाकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कंग्रेसको एउटा समितिसमक्ष आफूलाई जेफ्री एपस्टिनका अपराधबारे थाहा नभएको बताएकी छिन् ।
उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि एप्स्टिनसँगको विगत सम्बन्धबारे शपथसहित बयान दिन आग्रह गरेकी छिन् । घण्टौँसम्म बन्द ढोकाभित्र भएको बयानपछि क्लिन्टनले सञ्चारकर्मीसँग भनिन्, ‘म सत्य बाहिर आएको हेर्न चाहन्छु’ । हिलारीका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनले शुक्रबार समितिसमक्ष बयान दिँदैछन् ।
कंग्रेसको समनलाई क्लिन्टन दम्पतीले सुरुमा राजनीतिबाट प्रेरित भन्दै अस्वीकार गरेका थिए । तर कंग्रेसले अवहेलनासम्बन्धी कारबाहीको सम्भावना बढेपछि उनीहरू बयान दिन सहमत भए । क्लिन्टन दम्पती र ट्रम्प तीनै पक्षले एप्स्टिन प्रकरणमा कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् ।बिहीबार प्रतिनिधि सभाको हाउस ओभरसाइट कमिटीसमक्ष करिब छ घण्टा बयान दिएपछि क्लिन्टनले आफ्नो बयान सार्वजनिक नगरिएकोमा निराश भएको बताइन् । बयान सार्वजनिक भएको भए आफूले बाहिर आएर त्यसको व्याख्या गर्नुपर्ने अवस्था नआउने उनले भनेकी थिइन् ।
समितिका अध्यक्ष जेम्स कोमरले अनुसन्धानको प्रकृतिबारे महत्वपूर्ण प्रश्न उठाएको र आफ्ना धारणा सुन्ने अवसर दिएकोमा क्लिन्टनले उनको प्रशंसा गरेकी छिन् । रिपब्लिकन सदस्यहरूले एप्स्टिन वा उनकी सहयोगी घिस्लेन म्याक्सवेलसम्बन्धमा अन्य साक्षीहरूसँग पर्याप्त प्रश्न नगरेको भन्दै उनले आलोचना पनि गरिन् । एप्स्टिन प्रकरणसँग सम्बन्धित राजनीतिक र कानुनी बहस अमेरिका भित्र अझै तीव्र बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण