‘द केरल स्टोरी २’ को प्रदर्शनमा अदालतको ब्रेक
काठमाडाैँ । विवादास्पद फिल्म ‘द केरल स्टोरी’ को दोस्रो भाग द केरल स्टोरी २ को प्रदर्शनमा केरल उच्च अदालतले रोक लगाएको छ। बिहीबार अदालतले फिल्मको सेन्सर सर्टिफिकेटमाथि प्रश्न उठाउँदै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनलाई फिल्मको पुनः समीक्षा गर्न निर्देशन दिएको हो।
यो फिल्म भोलि अर्थात् फेब्रुअरी २७ देखि हलहरूमा प्रदर्शन हुने तयारीमा थियो। केही व्यक्तिहरूले अदालतमा याचिका दायर गर्दै फिल्मको नाम र कथाले केरल राज्यको छवि धुमिल बनाउन सक्ने भन्दै प्रदर्शन रोक्न माग गरेका थिए।
याचिकाकर्ताका अनुसार फिल्ममा देखाइएको जबरजस्ती धर्म परिवर्तन र आतंकवाद जस्ता मुद्दाले केरलका बारेमा गलत सन्देश जाने र समुदायहरूबिच द्वेष फैलाउन सक्ने दाबी गरिएको छ। अदालतले बुधबार फिल्म हेरेर मात्र फैसला गर्ने बताएको थियो, तर निर्माताले अदालतलाई फिल्म देखाउन अस्वीकार गरेका थिए।
सुनुवाइका क्रममा अदालतले केरलमा आपसी सद्भाव कायम रहेको तर फिल्ममा यस्ता घटनाहरू पूरै राज्यभरि भइरहेको जसरी चित्रण गरिएको टिप्पणी गरेको छ। फिल्मका निर्माता विपुल शाहका वकिलले यो याचिका व्यक्तिगत स्वार्थबाट प्रेरित भएको र याचिकाकर्ताको कुनै व्यक्तिगत क्षति नभएको तर्क गरेका थिए। तर, याचिकाकर्ताले धेरै मानिसको एउटै चिन्ता रहेको विषयमा सुनुवाइ हुनुपर्ने जवाफ दिएका थिए।
फिल्मको टीजर र ट्रेलरलाई लिएर पनि बहस भएको थियो। सेन्सर बोर्डले आफूले टीजर वा ट्रेलरलाई पास नगरेको र सामाजिक सञ्जालमा राखिएको सामग्रीका लागि बोर्ड जिम्मेवार नहुने स्पष्ट पारेको छ। अर्कोतर्फ, निर्माताले फिल्मको शीर्षक परिवर्तन गर्न अस्वीकार गरेका छन्। उनले फिल्ममा केरलसहित तीनवटा राज्यका कथाहरू समेटिएको र शीर्षकमा प्रयोग गरिएको परसम्म जान्छ भन्ने वाक्यांशले कथा केरलमा मात्र सीमित नरहेको संकेत गर्ने दाबी गरेका छन्।
अदालतले तीनवटा छुट्टाछुट्टै याचिकामाथि सुनुवाइ गरिरहेको छ। हालै सार्वजनिक भएको ट्रेलरमा धर्म परिवर्तन, ‘लव जिहाद’ र आतंकवादका मुद्दालाई मुख्य रूपमा देखाइएको छ। तीन राज्यका तीन युवतीको कथा भए पनि शीर्षकमा केरल मात्र राख्दा यसले राज्यलाई गलत तरिकाले निशाना बनाएको याचिकाकर्ताहरूको आरोप छ। अब सेन्सर बोर्डले गर्ने पुनरावलोकनपछि मात्र फिल्मको भविष्य तय हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण