सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

०६४ मा माओवादीलाई जिताएर गल्ती गरेजस्तो अहिले नगर्न नागरिक सचेत हुनुपर्छ : विश्वप्रकाश शर्मा

शुक्रबार, १५ फागुन २०८२, १५ : ५८
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • उपसभापति विश्वप्रकाश शर्माले २०६४ को निर्वाचनमा माओवादीलाई ठुलो दल बनाउनु गल्ती भएको बताए।
  • उनले अहिले नयाँ दललाई ठुलो बनाउनु पनि गल्ती हुनसक्ने बताए, किनकि उनीहरूले देश सम्हाल्न सक्दैनन्।
  • शर्माले देश जोगाउन कांग्रेसले मुलुकको नेतृत्व लिनुपर्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नयाँ राजनीतिक दलको नाममा तत्कालीन नेकपा माओवादीलाई ठुलो दल बनाएर गल्ती गरेजस्तो यो निर्वाचनमा नयाँलाई ठुलो बनाएर गल्ती गर्न नहुने बताएका छन् । 

नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले माओवादीले पहिलो दल भएर संविधानसभामार्फत संविधान जारी गर्न नसकेजस्तो अहिले नयाँ भनेका दलहरू ठुलो बनेमा मुलुक सम्हाल्न नसक्ने बताए ।  

‘नयाँलाई रोज्ने नाममा २०६४ मा जनताले तत्कालीन माओवादीलाई जिताएर गल्ती गरे । उसले संविधानसभामार्फत संविधान बनाउने कार्यको नेतृत्व गर्न सकेन । र अर्को निर्वाचन भयो । त्यो निर्वाचनबाट  कांग्रेस ठुलो पार्टी भएपछि मात्रै संविधानसभाबाट निर्वाचन जारी भयो,’ उपसभापति शर्माले भने, ‘यो पटक पनि नयाँ भन्नेलाई ठुलो दल बनाएमा ठुलो गल्ती हुन सक्छ । त्यसमा जनता सचेत रहनुहोला । देश जोगाउनका लागि कांग्रेसले मुलुकको कमाण्ड सम्हाल्नुपर्ने छ ।’  

उनले निर्वाचनमा कसले जित्छ भन्ने मूलो प्रश्न नभई कसले मुलुक सम्हाल्न सक्छ भन्ने मूल प्रश्न भएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप