बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम
नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।
कार्यालयका प्रमुख टेकबहादुर शाहीले अस्थायी मतदाताका निम्ति जिल्लामा तीन अस्थायी मतदान केन्द्रसमेत निर्धारण गरिएको जानकारी दिए । निर्वाचन क्षेत्र नं १ को बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र निर्धारण भएको उनले बताए ।
अस्थायी मतदाताले तोकिएका अस्थायी मतदान केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउँछन् । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाताका रूपमा मानिएको छ ।
कार्यालय प्रमुख शाहीले निर्वाचनको करिब सबै तयारी पूरा गरिएको र शनिबारदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य सुरु हुने जानकारी दिए । “अब करिब १० प्रतिशत काम बाँकी छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने काम १७ गतेसम्म जारी रहन्छ । जिल्लामा परिचालन हुने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको छ”, उनले भने ।
जिल्लामा १३९ मतदानस्थल, ४०० मतदान केन्द्र र तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
-
भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट
-
विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण