सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सोमबार, ०८ असार २०८३, १८ : ३६
सोमबार, ०८ असार २०८३

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ । वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी कार्यक्रममा सहभागी भइरहेकै बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याएको छ। सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैं होटल पुगेर पौडेललाई आफ्नै गाडीमा राखेर नेपालगञ्ज तर्फ लगेका हुन् । 

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले 'काठमाडौं जानेबेला भयो, निस्कनुस्' भन्दै उनलाई होटल बाहिर बोलाएको थियो । 

उक्त कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतको पनि उपस्थिति थियो । पौडेललाई नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप