विदेश जाने नेपाली यात्रुलाई अध्यागमनको आग्रह : ‘स्व–घोषणा फारम पहिल्यै भरेर आउनू’
सारांश
- अब भिजिट भिसामा विदेश जाने नेपालीले विमानस्थल पुग्नुअघि नै स्वघोषणा फारम भर्नुपर्नेछ।
- अध्यागमन कार्यालयले यात्रुले फारम भर्न आनाकानी गरेपछि नयाँ व्यवस्था गरेको हो।
- यात्रुले ६ महिना म्याद भएको राहदानी, भिसा र स्वघोषणा फारम पेश गर्नुपर्नेछ।
काठमाडौँ । भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पुग्नुअघि नै ‘स्व–घोषणा फारम’ भरेर जानुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यात्रुहरूलाई यस्तो आग्रह गरेको हो ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय भित्रै यात्रुलाई उक्त फारम भर्न दिने व्यवस्था मिलाइएको थियो । तर, कतिपय यात्रुले फारम भर्न आनाकानी गर्ने, भर्न नजान्ने र ढिलाइ गर्ने गरेको पाइएको कार्यालयले जनाएको छ । साथै, यात्रुहरू खाली फारम नै लिएर डेस्कमा जाँदा यात्रु स्वयंलाई र अन्य यात्रुलाई समेत झन्झट भई अध्यागमन प्रक्रियामा धेरै समय लागेको गुनासो बढेपछि कार्यालयले नयाँ व्यवस्था गरेको हो ।
अनुसार भिजिट वा अन्य प्रयोजनमा विदेश यात्रा गर्ने नेपाली नागरिकले प्रस्थान अनुमतिका लागि कम्तीमा ६ महिना म्याद भएको वैध राहदानी, यात्रा प्रयोजन खुलेको सम्बन्धित देशको भिसा र स्व–घोषणा फारम भरी सहीछाप गरेर पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
अबदेखि विदेश जाने यात्रुले उक्त स्व–घोषणा फारमको ढाँचा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटबाट क्युआर कोड स्क्यान गरेर डाउनलोड गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण