३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराइएको छ ।
गत माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरेका थिए ।
सोहीअनुसार डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्याङ्क प्रविष्ट गराइएको हो । शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार सङ्ख्या रहेको विभागको शिक्षा विभागको भनाइ छ ।
विभागले २०८२ चैत्र १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्याङ्क तथा अभिलेखका आधारमा मात्र पठाउने निर्णय गरेको विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण