मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

शनिबार, १६ फागुन २०८२, ०६ : ३०
शनिबार, १६ फागुन २०८२

वि.सं.२०८२ साल फाल्गुन १६ गते । शनिबार । इस्वी सन् २०२६ फेब्रुअरी २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–द्धादशी, ३५ घडी ० पला, बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त त्रयोदशी ।

नक्षत्र–पुनर्वशु, ७ घडी ४६ पला, बिहान ९ बजेर ३८ मिनेट उप्रान्त तिष्य । योग–सौभाग्य, २६ घडी ५३ पला, बेलुकी ५ बजेर १७ मिनेट उप्रान्त शोभन । करण–बव, बिहान ९ बजेर २६ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ३२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–कर्कट ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३२ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २ मिनेट । दिनमान २८ घडी ४७ पला ।

आजको बार बेला ।
बिहान ६ बजेर ३२ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३३ मिनेटदेखि बिहान ७ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर ५९ मिनेटदेखि बिहान ९ बजेर २५ मिनेटसम्म रोग बेला ।
बिहान ९ बजेर २६ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म चर बेला ।
दिउसो १२ बजेर १८ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर १० मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ११ मिनेटदेखि बेलुकी ४ बजेर ३६  मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३७ मिनेटदेखि बेलुकी ७ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर २४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रिय मान्यता रहेको ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ५६ मिनेटदेखि बिहान ४ बजेर ४४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 
 शुभ माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने तथा जीवन साथीसँगको सम्बन्ध थप सुमधुर हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सवारी साधन तथा अटो पार्टस्को  खरिद बिक्रीबाट मनग्गे आम्दानी हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको साथ समर्थन पाइने योग रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको ठोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ । शुभकार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । शुभ कार्य सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागेपनि सम्बन्ध प्रगाढ हुनेछ । आफन्त तथा अग्रजको भेटघाटले मन प्रसन्न हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी दिन प्रभावकारी रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ । भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शुभ कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोजमुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेको छ । धार्मिक यात्रा हुनेछ । परिवारका साथ रमाइलो ठाउँको यात्रा गरी दिनलाई रंगिन बनाउन सकिनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पती प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । लेखन तथा साहित्यमा बाकी रहेको कामहरू फत्ते गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । ईमान्दारिता तथा लगानशीलताले पक्ष पहिल्याउन सहज हुनेछ । महंंगा तथ बिलाशि वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । आफन्त तथा छोराछोरीका साथ यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउनेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै लगानी बढाउन सकिनेछ । बंस वृद्धिको गतिलो योग रहेको छ भने बौद्धिकताले सम्मान दिलाउनेछ । वैदेशिक रोजगारीले जीवन निर्वाह गर्न सहज हुनेछ । छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने परिवारका साथ रमाइलो ठाउको भ्रमण हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप